चन्द, थापा र लोहनीले एउटै मञ्चमा उभिएर सम्झिए राजा वीरेन्द्रलाई
काठमाडौँ : स्वर्गीय राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा निर्देशन समितिका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले एउटै मञ्चमा उभिएर राजा बिरेन्द्रको स्मरण गरेका छन्।
वीरेन्द्रबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे उनिहरुले चर्चा गरे।
राप्रपा नेपालद्वारा शनिबार काठमाडौंमा आयोजित “स्व. वीरेन्द्र: एक बहुआयामिक व्यक्तित्व “विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका छन्।
विस २००२ मा जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उनी सहितपरिवारको वंशनास भएको थियो। नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाकारुपमा हेरिँदै आएको छ।
कार्यक्रममा बोल्दै पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र बिकासको दृष्टिकोणबाट हेर्दा स्वर्गीय राजा वीरेन्द्रको भूमिका र योगदान अतुलनीय रहेको बिचार ब्यक्त गरे।
राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्ने राजा वीरेन्द्र भएको भन्दै देशभित्रका शक्ति बिचको एकतामा उाको बिशेश जोड रहेको बताए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिक इतिहासमा मुलुकको आधुनिकीकरण र प्रजातन्त्रको जगलाई बलियो बनाउन राजा वीरेन्द्रबाट महत्वपूर्ण योगदान भएको बताए।
अध्यक्ष थापाले भने “राष्ट्रवादी, विकासप्रेमी र लोकप्रिय राजा वीरेन्द्रबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अतुलनीय योगदान भएको छ। पूर्वपश्चिम राजमार्गको पूर्णता, औद्यागिक विकास, अर्थतन्त्र सुदृढीकरण र जिल्ला सदरमुकामा सडक जोड्ने उहाँको सोच र कार्य महत्वपूर्ण छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले देश विकास र सन्तुलित परराष्ट्र नीतिका लागि राजा वीरेन्द्रले देखाएको बाटो अध्ययन गर्न सरकार र राजनीतिक शक्तिलाई सुझाव दिए।
लोहनिले भने “राजा वीरेन्द्रले मुलुक सानो छ भन्ने मनोभावना कहिलै नबोक्न र विदेशीसँग हुने भेटवार्ता तथा छलफलमा राष्ट्रिय स्वार्थलाई निर्धक्क अघि राख्न निर्देशन हुन्थ्यो। आज त्यो कुराको कमी देखिन्छ।”
कार्यक्रमका राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष रत्नशमसेर राणा र परराष्ट्रबिद डाक्टर निश्चलनाथ पाण्डेले इतिहासको अध्ययन नगरी वर्तमानबारे बुझन नसकिने हुँदा राजा वीरेन्द्रबाट भएका कतिपय महत्वपूर्ण योगदानबारे आमनेपाली जनताले जान्न र थाहापाउन जरुरी रहेको बताए।
सहभागीहरुले राजा वीरेन्द्रले अमेरिका, रुस, चीन र भारतलाई सन्तुलित कुटनीतिकका माध्यमबाट मिलाएर देश विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा छवी उझिल्याउन ठूलो योगदान भएको चर्चा गर्दै औद्योगिक विकासका माध्यम्बाट देशलाई आर्थिक समृद्धिमा पुर्याउने सोच देशहितको पक्षमा रहेको समेत टिप्पणी गरे।
राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपाका नेताद्वय चन्द र लोहनिको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने। कार्यक्रममा लोहनीले राष्ट्रबादी शक्तिहरु अझ विशेष राप्रपाहरु एकै ठाउँमा बस्ने बाताबरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
प्रत्युत्तरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश, बिचार र समृद्धिको लागि राष्ट्रबादी शक्ति एकै ठाउँमा हुनुपर्ने आबश्यकता औल्याउँदै कमि कमजोरीलाई सबैले सुधारेर फराकिलो भई अघि बढ्नु पर्ने आबश्यकता औंल्याए।
Facebook Comment