जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…
काठमाडौं। कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो ।
तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।
पत्रका आधारमा विभागले उनीहरूले काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ । उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न बिभागले अनुरोध गरेको छ । विभागले श्रमिकहरुलाई सम्पर्क गराउन आवश्यक समन्यव गर्न नेपाल वैदेशिक रोजगार ब्यवसायी संघलाई पनि अनुरोध गरेको छ ।
मलेसियामा १६३ नेपाली पक्राउ
मलेसियामा गैरकानुनी रुपमा पसेका १६३ नेपाली पक्राउ परेका छन् । अध्यागमन निर्देशक स्यामसुल बद्रिन मोहसिनका अनुसार तीन घण्टाको अपरेसनमा यस क्षेत्रमा विदेशीहरूको आगमनको ’मा स्थानिय बासिन्दाहरूको गुनासोको आधारमा १ सय ६३ नेपाली, २ सय ५२ बंगलादेशी, ७५ म्यानमारका नागरिक, ७२ इन्डोनेसियाली, चार फिलिपिन्स र एक भारतीय नागरिकलाई वैध यात्रा कागजात नभएकालगायत विभिन्न अध्यागमन अपराधमा पक्राउ गरिएको हो ।
‘पक्राउ परेका सबै विदेशीलाई थप अनुसन्धानका लागि बुकित जलिलको अध्यागमन डिपोमा लगिएको छ,’ अध्यागमन निर्देशक मोहसिनले अपरेसनपछि पत्रकारहरूसँग भने ।
प्रारम्भिक अनुसन्धानमा विदेशीहरू आठदेखि दश जनाले एक युनिट बाँडफाँड गर्ने घरमा बस्ने र मासिक भाडा १ हजार रुपैयउाँदेखि सुरु भएको पत्ता लागेको उनले बताए ।
पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीब्र भएसँगै सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिवाना तिरेर नेपाल फर्कने त्यहाँस्थित दूतावास अनुरोध गर्दै आएको छ ।
मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।
यस्तै, मलेसियाले बेचबिखन सिन्डिकेटलाई नियन्त्रण गर्न सरकारको असफलताको कारण मलेसियामा अलपत्र परेका विदेशी कामदारहरूको ठगी बढेको बताएको छ । आप्रवासी श्रम अधिकार कार्यकर्ता एन्डी हलले विदेशी कामदार भर्ना गर्ने कम्पनीहरूको प्रमाणिकता जाँच गर्न सरकारको असफलताले पनि समस्या निम्त्याएको बताए ।
तर, बंगलादेशी कामदारलाई मलेसियामा जबर्जस्ती श्रममा लगाइने संगठित अपराध सञ्जालसँग जुध्न सरकार असफल भएको उनको भनाइ छ । ‘विदेशी कामदारहरूको लागि आवेदन दिने कम्पनीहरूको प्रमाणिकता जाँच गर्न सरकारको असफलता नै फसेका कामदारहरूको यो समस्याको प्रमुख कारण हो,’ हलले त्यहाँको स्थानिय सञ्चारमाध्यमसँग भने ।
Facebook Comment