सुनको मूल्य घट्यो
काठमाडौं। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।
आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment