सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको घोषणा

डिसी नेपाल
१५ पुष २०८० १३:४१

काठमाडौं । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार देशले आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यले अर्को वर्ष थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो । पछि उसले दाबी गरेअनुसार स्याटेलाइटले उसलाई अमेरिका र दक्षिण कोरियाली सैन्य साइटहरूको तस्बिरहरू पठाएको थियो।

कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा देशका नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन् । यस भेटमा उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए ।

किम जोङ उनले सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देखिने पनि बताएका छन् ।

उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको बताए । उनका अनुसार दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्छ ।

किम जोङ उनले यस्तो कुरा गरेको सायद यो पहिलो पटक हो । विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा आधिकारिक परिवर्तनका रूपमा लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *