गणतन्त्रवादीहरु एक रहेका छन्, राजतन्त्र फर्किने सम्भावना छैन : ओली

डिसी नेपाल
१६ पुष २०८० १६:४५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै यस बिषयमा बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका हुन् ।

उनले मुलुकमा गणतन्त्रवादीहरु एक रहेकाले फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको र आफुहरुले पनि राजतन्त्र फर्काउन नदिने स्पष्ट पारे । उनले कुनै पनि किसिमको तानाशाह नेपालमा स्वीकार्य नहुने बताए ।

त्यस्तै ओलीले लोकतान्त्रीक गणतन्त्र, शान्ति, विकासमा सवैदलहरु एक रहेको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री पुगेर भिडलाई उत्तेजित बनाएको भन्दै प्रहरी प्रशासनले पनि निर्मम दमन गरेको बताए ।

ओलीले अहिलेको अवस्थामा मेलमिलापको सान्दर्भिकतालाई सबैले बुझ्नुपर्ने समेत बताए ।




प्रतिक्रिया

One thought on “गणतन्त्रवादीहरु एक रहेका छन्, राजतन्त्र फर्किने सम्भावना छैन : ओली

  1. ओुटेर खाने बेलामा त तिमीहरु सबै एक ठाउँ मा बसेको त सबैजना ले देखेका छन त बुडा … मस्ती गर्न पाएका छौ अनी किन फर्किन दिन्थ्यौ त राजतन्त्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *