राष्ट्रिय सभा सदस्य उम्मेदवारमा एमाले हुम्लाबाट तीन जनाको नाम सिफारिस

डिसी नेपाल
१६ पुष २०८० २०:१२

सिमकोट । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हुम्लाले तीन जनाको नाम सिफारिस गरेको छ।

सोमबार जिल्ला कमिटी हुम्लाका कार्यबहाक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते हुने  राष्ट्रियसभा सदस्यको उम्मेरदारका लागि तीन जनाको नाम सिफारिस गरेको हो।

पार्टी केन्द्रीय सदस्य छक्कबहादुर लामाको उपस्थितिमा बसेको बैठकले समावेशी (दलित) क्लष्टरबाट पर्वत सुनार, समावेशी (महिला) क्लष्टरबाट जिल्ला कमिटी उपसचिव बिमलाकुमारी शाही र खुल्लाबाट कार्यबहाक अध्यक्ष डवल रावतलाई सिफारिस गरेको पार्टी सचिव तीर्थराज बोहराले जानकारी दिए।

सोमबार दिउँसो दिउसो १ बजे पार्टी कार्यालयमा बसेको बैठकले रावत, शाही र सुनारलाई उम्मेरदवारका रूपमा अघि सार्ने निर्णय गरेको बोहराले बताए। आगामी निर्वाचनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जिल्ला संयोजक डा। दिपेन्द्र रोकायाको एकल नाम सिफारिस गरेर पठाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *