जापानमा भूकम्प प्रभावित क्षेत्रमा आगलागी, जीवन बचाउने अभियान तीव्र

डिसी नेपाल
१८ पुष २०८० १२:०१

काठमाडौं । जापानमा भूकम्पका कारण हालसम्म ६२ जनाको मृत्यु भइसकेको छ । भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उद्धारकर्मीले मानिसलाई बचाउन समयसँग दौडनु पर्ने बताएका छन् । जापानमा भूकम्पका कारण हालसम्म ६२ जनाको मृत्यु भएको जानकारी आएको छ ।

करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा पुग्ने प्रयास गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका थिए । मुख्य क्षेत्रबाट सडक भत्किएका कारण वाजिमा सहर पूर्णरुपमा बन्द भएको छ ।

इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन् । जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पुर्‍याउने प्रयास गरिरहेको छ । हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ ।

हेलिकप्टरबाट गरिएको सर्वेक्षणमा धेरै ठाउँमा भवन भत्किएका र आगो लागेको देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *