पूर्वराजालाई भेट्न भैरहवा पुग्यो राप्रपा अध्यक्ष लिङ्देनसहितकाे टीम

डिसी नेपाल
१८ पुष २०८० १४:२९

काठमाडौं। एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु भैरहवा पुगेका छन् ।

राप्रपा अध्यक्ष लिङ्दने सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र नेता दीपक सिंह आज भैरहवा पुगेका हुन्।

पछिल्लो राजनीतिक अवस्था र नागरिक अयिभयन्ता दुर्गा प्रसाईंको घोषित आन्दोलनमा राप्रपाको भूमिका विषयमा छलफल गर्न राप्रपाको टोली पूर्वराजा भेट्न पुगेको बताइएको छ ।

पूर्वराजा शाहले नेपालको पश्चिम क्षेत्रका धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रियता बढाउँदै भैरहवामा बसिरहेको बेला राप्रपा अध्यक्षसहितको टोली उनलाई भेट्न गएको हो।

समसामयिक विषय र विकसित राजनीतिक परिस्थितिका बारेमा पूर्वराजासँग राय लिन राप्रपा टोली भैरहवा भेट्न पुगेको एक नेताले बताए।

पुस ८ गते भैरहवा पुगेका पूर्वराजा अहिले मध्यपश्चिम केन्द्रित विभिन्न कार्यक्रममा सहभागीता जनाइरहेका छन्। उनी अहिले भैरहवाको पाँच तारे होटेल सिद्धार्थमा बसेका छन् ।

भैरहवामा रहेका पूर्वराजा शाहले बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिरलगायतका स्थानकाे भ्रमण गरिसकेका छन्।

शनिबार उनले कपिलबस्तुको शिवराज नगरपालिका- ३ मा पृथ्बीनारायण शाहको शालिक अनावरण गरेका थिए ।

बिहीबार पूर्वराजा शाहलाई रुपन्देहीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *