सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभामा एमालेसँगकाे सहकार्यको विषयमा छलफल

डिसी नेपाल
१८ पुष २०८० १९:१४

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावका बारेमा जानकारी गराउँदै राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको जानकारी गराएका हुन् । बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव बुझेर गठबन्धन दलबीच थप छलफल हुने जानकारी दिए ।

उनले यसविषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको र एमालेसंगको सहकार्य ससर्त हुने जिकिर गरे । पुष २३ गते उम्मेद्वारी दिनका लागि २० सिट मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रीत भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुन बस्ने र थप छलफल गर्ने जानकारी दिए ।

त्यस्तै बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर लगायतका सम्झौतालाई राष्ट्रहितमा ल्याउने विषयमा छलफल भएको पाण्डेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *