सन्तुलित छिमेक नीतिको मूल आधार पृथ्वीविचार

खगेन्द्रराज सिटौला
१९ पुष २०८० ७:४२

नेपालका दुई छिमेकी चीन र भारत बदल्नै नसकिने यथार्थता हो। यही यथार्थतालाई राजनीति भाषामा नेपाल राष्ट्रका निर्माताले नेपाल दुइ ढुंगा वीचको तरुल भने। यो भनाइमा कुनै अस्वभाविकता पनि छैन र कुनै कृतिमता पनि छैन। बरु छ धरातलीय यथार्थता।

भौगालिक हिसावले हेर्दा नेपाल चीन र भारत भन्दा धेरै सानो छ। यस भित्र अरु कुनै अर्थ खोज्नु पर्दैन। दुईटा ठूला देशको बीचमा रहेको सानो देश नेपाल भनेको मात्र हो। सानो नेपालले दुबै ठूला छिमेकी देशसँग समानस्तरको राम्रो संम्बन्ध बनाइरहनु पर्छ भन्ने मत हो।

कसैले यसको अर्थ र मर्म नबुझेर वा बढ्ता बुझेर दुई ढुंगा बीचको तरुल अहिलेको सन्दर्भमा अनुपयुक्त भयो भनेर विकल्पमा बुजु्रक बन्दै अनेक शब्दवाली पछारेर फुर्ति देखाउँदछन्।

कोही दुई ढुंगा बीचको डाइनोमाइट भन्छन् त कोही नेपाल भारत बीचको गतिशील पुल भन्छन्। यस्ता विचार या पदावालीले नेपाली यथार्थतालाई सम्वोधन गर्दैनन्। नेपाल दुइ ढुंगा बीचको तरुल आफैमा अर्थपूर्ण कलात्मक र सुदर छ।

नेपाल रााष्ट्रका निर्माताले नेपाल दुई ठूला ढुंगा बीचको सानो ढुंगा किन भनेनन्? सवाल उठ्न सक्छ। चीन र भारतलाई ढुंगा र नेपाललाई चाँहि तरुल किन त? उनीहरुको तुलनामा नेपाल सारै कमजोर भनेर नेपाललाई कमलो तरुलको प्रतीकात्मक शब्दले चिनाउन खोजेको हो वा अन्य अर्थ र कारण छन्? यस्ता सवालहरु धेरै आउन सक्छन्। यसको ठिक जवाफ खोज्न कोशिस गरौं।

भारत र चीन भन्दा भिन्न आफ्नै मौलिक परम्परा, सभ्यता र इतिहास बोकेको नेपाल भन्नलाई उनले एउटै ढुंगा शब्द प्रयोग नगरेर तरुल शब्दको प्रयोग गरेको देखिन्छ।

तर अब भने पृथ्वीनारायणले हार्दै छन् र पादरीहरुले जित्तैछन्। किनभने पादरीहरुकै लागि नेपालले धर्मनिरपेक्षको रातो कार्पेट ओच्छ्याइदिएको छ। फैलँदै छन् नेपाल भरि जताततै तीब्र गतिमा पृथ्वीनारायणले लखेटेका फिरंगी पादरीका सेनामेनाहरु नेपाली अनुहारमा अनुवाद भएर।तरुलको एउटा लहराले उत्तरतिरको ढुंगालाई बेर्छ भने अर्को लहराले दक्षिणतिरको ढुंगालाई बेर्छ। दुबै ढुंगाको आड र साथ पाएर तरुल आफ्नै किसिमले स्वतन्त्रपूर्वक बढ्छ।

आफ्नो देशलाई विम्वको रुपमा नरम तरुल र छिमेकीलाई ढुंगा भनेर नेपालको भूसम्वेदनशीलतालाई जाहेर गरेका हुन्। छिमेकीहरु नेपालप्रति कडा नीति लिने भए भने पनि नेपालले भने सँधै नरम नीति लिनु उचित हुने प्रतीकात्मक सन्देश पनि हो पृथ्वीविचारको।

उनीहरु ढुंगा जस्तै बलिया र हामी तरुल जस्तै नरम कमजोर भएकोले नेपाल उनीहरुको सामु दबिएर हेपिएर लुत्रुक्क भएर बस्नु पर्छ भन्ने आसय हो त यसको? यो विल्कूल होइन। पृथ्वीविचार र व्यवहारले नै यसको खण्डन गर्दछ ।

पृथ्वीनारायण शाह आफैमा उच्च मनोवल भएका रणनीतिक र कार्यनीतिक कुशल राजनेता राजा हुन्। उनी संघर्ष गर्ने र जित्ने आँट गर्ने उच्च मनोवलका रणनीतिक कौशल भएका व्याक्तित्व हुन्।

उनी सानो स्वरुपबाट ठूलो शक्ति संगठित गर्ने साहस र आत्मविश्वासले भरिएका साहसी भएका तर दुश्साहसी नभएका व्यवहारवादी नेता भएकोले उनका विचार पनि धरातलीय यथार्थमा आधारित छन्।

उनले कहिल्यै देशवासीको मनोवल गिर्ने अभिव्यक्ति दिएको पाइँदैन। ढुंगो तरुलतिर ढल्किने वित्तिकै तरुल कच्याक कुचुक्क हुन्छ सास दबाएर बसौ भनेर डरले छुलुुुमुतु हुने कुरा उनले कहिल्यै गरेका छैनन्।

बरु उच्च मनोवलको साथ विजयी हुने आत्मविश्वासको साथ जाइकाटक नगर्न झिकीकटक गर्न अर्थात आक्रमण गरेमा धपाएरै छोड्नु भनेका छन्। उनले भौगोलिक अनुकूलता, किल्ला र सेनाको उचित तालमेल मिलाएको खण्डमा चारै वादशाहको शक्ति खनिए पनि नेपालले हार्दैन भनेर उद्घोष गरेका थिए।

उनको यस भनाइ माथि उभिएर विश्लेषण गर्दा पनि उनले आफ्नो देशलाई तरुल भनेर कमजोर शक्तिहीन मुललुकको रुपमा चिनाएको कँहि कतैबाट संकेत समेत पाइँदैन।

दुईटै छिमेकीसँग सुमधुर र सन्तुलित सम्बन्ध बाहेक अरु केही अर्थ निष्कदै निष्कन्न दुई ढुंगा बीचको तरुलको। यो नेपालको लागि व्यवाहारिक छिमेक नीति बाहेक अरु केही हुँदै होइन पृथ्वीविचारको।

नेपालको आफ्नो छिमेक नीति पृथ्वीविचारमा आधारित हुनुपर्दछ। अर्थात नेपालको विदेश नीति अर्थात छिमेक नीति पृथ्वीविचाबाट निर्देशित हुुनुपर्दछ। यसो भएमा मात्र नेपालको हित र जित हुन्छ।

नेपाल दुइ ढुुंगा बीचको तरुललाई जाइकटक नगर्नु झिकिकटक गर्नु सँग अलग्याएर पढियो अथवा अर्थ खोजियो भने यसको अर्थ र मर्म भेट्टाउन सकिँदैन। त्यसो गरेमा आंशिक र अपूर्ण हुन्छ। त्यसको अनर्थ हुन्छ गलत किसिमले अर्थ निकाल्ने काम हुन्छ।

प्रष्टै छ नि ठूला छिमेकीसँग राम्रो सन्तुलित सम्बन्ध राख्ने तर आक्रमण वा हस्तक्षेप भएमा हात बाँधेर नबस्ने। हामी आक्रमण पनि नगर्ने र आक्रमण पनि नसहने। अर्थात रचनात्मक र रक्षात्मक सम्बन्ध। अर्थात् ढुंगाको बल र मल तरुलले प्राप्त गर्ने तर छल नसहने।

पृथ्वीविचारको छिमेक नीति विचारमा आधारित छ। उनले दुई ढुंगाको तरुल भन्दा भन्दै उत्तरको वादशाह (चीन)सँग घनिष्ठ सम्बन्ध राख्न भनेका छन्। तर दक्षिणको वादशाह (अंग्रेज) भरपर्दो मित्र होइन ढिलो छिटो भारतलाई निले जस्तै नेपाललाई निल्न आक्रमण गर्दै आउने छधपाएर छोड्नु भनेकोले उनको छिमेक नीति विचारमा आधारित देखिन्छ।

चीनमा मौलिक चिनियाँहरुको स्वशासन भएकोले उनले घनिष्ठ सम्बन्धमा जोड दिए। तर भारतमा भारतको शासन नभएर अंग्रेजको शासन भएकोले उनले त्यो संग शत्रुतापूर्ण अन्तरविरोध हुने निष्कर्ष निकाले।

एकतिर उनले दुइ छिमेकीसँग सुमधुर र सन्तुलित सम्बन्ध बनाइरहने दुई ढुगा बीचको तरुल भने। यो नेपाल भारत चीनको भूगोलको छिमेक सम्बन्धको विचार हो।

अर्कोतिर अंग्रेजले आक्रमण गर्न सक्छ झिकिकटक गर्नु भनेर साम्रज्यवाद विरोधी विचार अघि सारेका छन्। जहाँ उपनिवेशवादी या साम्रज्यवादी छैन त्यहाँ घनिष्ठ सम्बन्ध अर्थात मित्रतापूर्ण सम्बन्ध। जहाँ साम्राज्यवाद छ त्याहाँ सतर्कतासाथ शत्रुातापूर्ण सम्बन्ध।

दुई ढुँगा बीचको तरुल भनेको नेपाल भारत चीनको भूगोल र इतिहासले खडा गरेको छिमेक सम्बन्ध हो भने दक्षिणको वादशाह भनेको साम्राज्यवादी अंग्रेज शक्ति हो, भारत होइन।

पृथ्वीनारायणले भुगोल बीचको सम्बन्ध र राजनीति सम्बन्धलाई स्पस्टसँग सीमा कोरेका छन्। उनले तरुललाई दुई ढुंगाबाट होइन पश्चिमा वादशाहबाट खतरा देखे।

धर्मको आवरणमा तरुल कोपर्न छिरेका पश्चिमा वादशाहका राजनीति नंग्रा पादरीहरुलाई उनले देश निकाला गरे। घटनाबाट उनको साम्राज्यवादी शक्तिलाई नै उनले नेपालको लागि खतरा देखे र उ माथि जाइलागेको बुझ्न सकिन्छ।

तर अब भने पृथ्वीनारायणले हार्दै छन् र पादरीहरुले जित्तैछन्। किनभने पादरीहरुकै लागि नेपालले धर्मनिरपेक्षको रातो कार्पेट ओच्छ्याइदिएको छ। फैलँदै छन् नेपाल भरि जताततै तीब्र गतिमा पृथ्वीनारायणले लखेटेका फिरंगी पादरीका सेनामेनाहरु नेपाली अनुहारमा अनुवाद भएर।

तरुलको एउटा लहराले उत्तरतिरको ढुंगालाई बेर्छ भने अर्को लहराले दक्षिणतिरको ढुंगालाई बेर्छ। दुबै ढुंगाको आड र साथ पाएर तरुल आप्mनै किसिमले स्वतन्त्रपूर्वक बढ्छ।

तरुलले दुबै छिमेकीलाई अंगालोमा बाँध्छ। यसको अर्थ हो नेपाल, भारत र चीनको त्रीदेशीय संगठनको निर्माण गरेर तीनवटै देशको हित र जित हुने कार्यक्रम बनाएर अघि बढ्नु हो।

नेपाल राष्ट्रका निर्माताले छिमेकी भारत र चीनलाई ढुंगा र नेपाललाई तरुल बडो सोची विचारी भनेका रहेछन्। झट्ट हेर्दा तरुल कमजोर छ ढुंगाको तुलनामा। यसले नेपाललाई अतिवादी वा दुष्साहसवादी हुनबाट रोक्छ। अर्कोतिर झिकिकटक गर्नु चारै वादशाह आए पनि हार्दैनौं भनेर मानसिक रुपले कमजोर वा आत्मसमर्पणवादी हुनबाट पनि रोकेर मनोवललाई उच्च बनाइरहने उर्जा भरेका छन्।

यसबाट प्रमाणित हुुन्छ कि नेपालको छिमेक नीति शब्द, भावना विचार र व्यवहारमा पनि सन्तुलित र व्यवहारिक बनाएका रहेछन् पृथ्वीनारायण शाहले।

यसको मूल मर्मलाई नछोडी बदलिएको परिस्थिति हेरी व्यवहारिक भएर दुबै छिमेकीसँग नेपालको राष्ट्रिय हित र स्वार्थलाई नोक्सान नपारी घनिष्ठ सम्बन्ध बनाएर नेपालले अघि बढ्न सकेमा नेपालले जित्न मात्र सक्छ। छिमेकीले पनि हार्नु पर्दैन । पृथ्वीविचार असल छिमेकको नीति लिने विश्वभरका सबै मुलुकको लागि अनुकरणीय आदर्श विचार हो। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *