भारतले २ ओभरमा १ रन नबनाइ ६ विकेट गुमाएपछि…

डिसी नेपाल
१९ पुष २०८० १०:२५

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच केप टाउनमा जारी दोस्रो टेष्ट म्याचको पहिलो दिन भारतीय टोली १५३ रन बनाएर प्याभेलियन फर्किएको छ ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाए । यसपछि रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन बनाए ।

एक समय ४ विकेटको क्षतिमा १५३ बनाएको भारत सोही स्कोरमा १ रन पनि थप्न नसकी अलआउट भयो ।

३३ ओभरको खेल सकिँदा भारत ४ विकेटको क्षतिमा १५३ रन बनाएर खेलिरहेको थियो । विराट कोहली र केएल राहुल क्रिजमा थिए ।

३४ औं ओभरमा लुंगी एंगिडीले के एल राहुल, रविन्द्र जडेजा र जसप्रित बुमराहलाई आउट गरे ।

लगत्तै ३५ औं ओभरमा कागिसो रबाडाले विराट कोहली र प्रसिद्ध कृष्णलाई आउट गरे, मोहम्मद सिराज रनआउट भए ।

यी २ ओभरमा भारतले विकेट मात्र गुमायो, १ रन पनि जोस्न सकेन ।

यसअघि दक्षिण अफ्रिकी टोली पनि ५५ रन बनाएर अलआउट भएको थियो ।

भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए । यसबाहेक बुमराह र मुकेश कुमारले २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *