जयशंकर नेपाल आउनुभन्दा ठिक १ दिनअघि भारतमा विदेश मन्त्रालयको प्रवक्ता परिवर्तन
काठमाडौं । अरिन्दम बागचीको स्थानमा रणधीर जैसवालले विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । भारतीय विदेशमन्त्री नेपाल आउनुभन्दा ठिक १ दिनअघि मन्त्रालयको प्रवक्ता परिवर्तन गरिएको हो ।
जैसवालले पदभार ग्रहण गरेका छन् । गत वर्ष अक्टोबरमा अरिन्दम बागचीलाई संयुक्त राष्ट्र संघका लागि भारतको स्थायी प्रतिनिधि नियुक्त गरिएको थियो।
भारतीय विदेश सेवाका १९९५ ब्याचका अधिकृत बागचीले मार्च २०२१ मा विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।
रणधीर जैसवालले जुलाई २०२० मा न्यूयोर्कमा कन्सुल जनरलको पदभार ग्रहण गरेका थिए।
जैसवाल भारतीय विदेश सेवाका १९९८ ब्याचका अधिकारी हुन्। उनले पोर्चुगल, क्युबा, दक्षिण अफ्रिका र संयुक्त राष्ट्र संघका लागि भारतको स्थायी नियोगलगायत धेरै ठाउँमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
Facebook Comment