अमेरिकाको न्यु जर्सीमा मस्जिद बाहिर इमामको गोली हानी हत्या

डिसी नेपाल
१९ पुष २०८० १३:०३

काठमाडौं । अमेरिकाको न्यु जर्सीस्थित नेवार्क मस्जिद बाहिर एक इमामको गोली हानी हत्या गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस हमलाको मनसाय अहिलेसम्म थाहा हुन सकेको छैन।

न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लाटकिनले अहिलेसम्मको अनुसन्धान र प्रमाणले गोली हान्ने घटना पूर्वाग्रहबाट प्रेरित अपराध वा आतंकवादको कोण रहेको संकेत नगरेको बताए।

बुधबार हत्या गरिएका इमामको नाम हसन सरिफ हो ।

बुधबार एक पत्रकार सम्मेलनमा एसेक्स काउन्टीका वकिल थिओडोर स्टेफन्सले शरीफलाई बिहान ६ बजेतिर धेरै पटक गोली हानेको बताए। त्यतिबेला उनी आफ्नो कारमा मस्जिदबाहिर थिए । यहाँबाट उनलाई अस्पताल लगिएको थियो, जहाँ दिउँसो उनको मृत्यु भएको थियो ।

प्लाटकिनले भने “न्यु जर्सीका धेरै मानिसहरू आजकल डरमा बाँचिरहेका छन्।”

अक्टोबर ७ मा इजरायलमा हमासको हमला र त्यसपछि इजरायलको कारबाहीपछि अमेरिकामा पनि इस्लामोफोबिकका घटना बढेको रोयटर्सले लेखेको छ । जसका कारण अमेरिकी सुरक्षा विभागले विभिन्न धर्म मान्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *