नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक सुरु
काठमाडौं। नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ।
भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्।
प्रतिक्रिया
Facebook Comment