दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी
काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ। टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो।
यस अघि टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन्।
त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए। त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए।
यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो।
यो जितपछि २ खेलको सिरिजमा १–१ को बराबरीमा सकिएको छ । यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल एक इनिंग र ३२ रनले जितेको थियो।
Facebook Comment