पैसा माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
रौतहट । रौतहट प्रहरीले फतुवा बिजयपुरबाट ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।
फतुवाबिजयपुर–८ का ३५ बर्षिय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुधबार राति पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
साहलाई पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि मुद्दा चलाएको प्रहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार साहले मोबाइल नम्बर ९८०१५७७५१० बाट स्थानीय व्यापारीलाई पटक–पटक फोनमार्फत् ५० लाख रकम माग्दै आएका थिए।
रकम नदिए छोरा छोरीको हत्या गर्ने भन्दै फोनबाट धम्क्याएपछि ब्यापारीले प्रहरीमा जाहेरी दिएकोमा मोबाईल नम्बरको पहिचान साहलाई गाउँबाटै बुधबार राति पक्राउ गरिएको जनाएको छ।
साहले पुस १० गते देखि नै व्यापारीलाई फोन गरेर रकम मागेका थिए। प्रहरीले पीडित ब्यापारीको नाम गोप्य राख्न अनुरोध गरेको छ।
Facebook Comment