अध्यक्ष नेपाल र भारतका विदेशमन्त्रीबीच भेट

डिसी नेपाल
१९ पुष २०८० २२:३२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र  भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।  नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन्

भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज काठमाडौं आएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *