भारतीय विदेशमन्त्री र अध्यक्षत्रय ठाकुर, यादव र राउतबीच भेटवार्ता

डिसी नेपाल
१९ पुष २०८० २२:३५

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए ।

यसअघि भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनले भ्रमण सम्पन्न गरी पुस २० गते स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *