एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

डिसी नेपाल
२० पुष २०८० ६:३६

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एसले सचिवालय बैठक बोलाएको हो।

नेकपा एसका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ।

नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट नेकपा एसले सचिवालय बैठक बोलाएकोह हो। आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सीट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *