भारतीय बिदेश मन्त्रीले आज पशुपतिनाथको दर्शन गर्ने
काठमाडौं। भारतीय बिदेश मन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन्। दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन्। उनी आजै स्वदेश फर्कँदै छन्।
बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहीबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका थिए।
दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटवार्ता गरेका जयशंकरले नेपाल भारतबीच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए।
जुन सम्झौता पछि नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्वकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो।
सो सम्झौता छि बिदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटवार्ता गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकाे भेटवार्ता भएकाे थियाे। साँझ ६ः१५ देखि सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी भएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गर्न जान लागेका हुन्।
Facebook Comment