प्रेमिकाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका दक्षिण अफ्रिकी खेलाडी पेरोलमा रिहा

डिसी नेपाल
२१ पुष २०८० १०:२७

काठमाडौं । आफ्नी प्रेमिका रीभा स्टीनक्याम्पको हत्या गरेको अभियोगमा सजाय भुक्तान गरिरहेका दक्षिण अफ्रिकी प्यारालम्पिक एथलीट ओस्कर पिस्टोरियसलाई पेरोलमा रिहा गरिएको छ ।

अधिकारीहरूले भनेअनुसार पिस्टोरियसले आफ्नो १३ वर्षभन्दा बढीको जेल सजायको आधा समय काटेर रिहा भएका छन्। उनी शुक्रबार बिहानदेखि आफ्नै घरमा छन् ।

उनको रिहाइमा, रीवा स्टीनक्याम्पकी आमाले पूर्व खेलाडीलाई रिहा गर्ने निर्णयलाई स्वीकार गर्ने बताइन्। तर उनले भनिन् – उनको परिवार ‘आजीवन कारावास’ खेपिरहेको छ।

१४ फेब्रुअरी, २०१३ मा ओस्कर पिस्टोरियसले आफ्नी प्रेमिका रीवा स्टीनक्याम्पलाई धेरै गोली हानेर उनको हत्या गरे।

ओस्कर पिस्टोरियस ब्लेड रनर भनेर चिनिन्छन् । उनी आफ्नो दुवै खुट्टामा असक्षम थिए । सेप्टेम्बर २०१४ मा उनी आपराधिक हत्याको दोषी ठहरिए ।

पछि पुनरावेदन अदालतले उक्त फैसला उल्टाउँदै उनलाई हत्याको दोषी ठहर गरेको थियो । यसका लागि उनलाई १३ वर्ष पाँच महिनाको जेल सजाय सुनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *