यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

डिसी नेपाल
२२ पुष २०८० ६:५६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ। यो मूल्य शुक्रबारको तुलनामा १३ पैसाले घटेको हो।

शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसामा कारोबार भएको थियो। यस्तै, युरोपियन युरो ७१ पैसाले घटेको छ।
आज युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको छ। शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ २३ पैसा तोकिएका थियो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आइतबार १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको शुक्रबारको तुलनामा ८४ पैसाले घटेको हो। शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रूपैयाँ ४ पैसा कायम हुदाँ क्यानेडियन डलरको खरिददर भने ९९ रूपैयाँ २७ पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा तोकिएको छ।

आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५८ पैसाले भाउँ पाउँदा आज एक साउदी अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७१ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *