सरकारले ७ अर्बको आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै

डिसी नेपाल
२२ पुष २०८० १०:०८

काठमाडौं। नेपाल सरकारले विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने भएको छ।

७ अर्बको आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारीगर्न लागेको राष्ट्र बैंकले एक सुचना जारी गर्दै जनाएको हो। यस ऋणपत्रका लागि आइतबार पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ। ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ।

बैंकले सो ऋण ८ वर्षे अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको जनाएको छ।

यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ। ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ। सूचनामा उल्लेख गरिए अनुसार इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने गरिएको छ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५% र १५% छुट्याइएको छ। केन्द्रीय बैकका अनुसार बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने छ।

ऋणपत्रमा घटी र कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ।

ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *