जर्मन अभिनेता क्रिस्टियन ओलिभर र उनका दुई छोरीको विमान दुर्घटनामा मृत्यु
काठमाडौं । चर्चित जर्मन अभिनेता क्रिस्चियन ओलिभर र उनका दुई छोरीको क्यारेबियन क्षेत्रमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।
‘स्पीड रेसर’ र ‘वाल्कीरी’ स्टार ओलिभर बिहीबार सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनेडाइन्सबाट सेन्ट लुसियाको लागि विमानमा चढेका थिए।
उडान भर्नेबित्तिकै विमानमा समस्या आउन थालेपछि विमान समुन्द्रमा खसेको प्रहरीले जनाएको छ ।
क्रिस्चियन ओलिभरको वास्तविक नाम क्रिस्चियन क्लेप्सर थियो। उनी ५१ वर्षका थिए । उनका छोरी मेडिता १० वर्षकी र अनिक १२ वर्षकी थिइन् ।
उक्त दुर्घटनामा विमानका मालिक र पाइलट अमेरिकी नागरिक रोबर्ट साक्सको पनि मृत्यु भएको थियो ।
रोयल एसभीजे पुलिस बलले एक विज्ञप्तिमा भन्यो ‘स्थानीय गोताखोर र नजिकैको सानो टापु बेकुई प्याजेट फार्मका माछा मार्नेहरू राहत दिन घटनास्थलमा पुगेका थिए।’
एसभीजे कोस्ट गार्डले भनेअनुसार उनीहरूले चारै शवलाई समुद्र र विमानबाट बाहिर निकालेका छन्।
क्रिस्चियन ओलिभरले स्टिभन सोडरबर्गको फिल्म ‘गुड जर्मन’ मा काम गरेका थिए र लोकप्रिय जर्मन सिरियल ‘अलार्म फर कोबरा ११’ को दुई सिजनमा जासूसको भूमिका निभाएका थिए।
उनले नेटफ्लिक्सको सिरिज ‘सेन्स८’ मा काम गरिसकेका छन् ।
Facebook Comment