अमेरिकामा शटडाउनको खतरा टर्यो, सरकारी खर्च स्वीकृत गर्न सांसदबीच सहमति

डिसी नेपाल
२३ पुष २०८० १२:२२

काठमाडौं । अमेरिकी सांसदहरूबीच सन् २०२४ को बाँकी अवधिका लागि खर्च गर्नुपर्ने रकम बढाउने सहमति भएको छ ।

सरकारी काम ठप्प नहोस् भनी सुनिश्चित गर्न अमेरिकी कांग्रेसका सदस्यहरूले १.६ ट्रिलियन डलर खर्च गर्न अनुमति दिने यो सम्झौतामा सहमति जनाएका छन्।

सहमति भएपछि अब संसदको दुवै सदन, प्रतिनिधिसभा र सिनेटबाट स्वीकृति लिनुपर्नेछ ।

यस कोषलाई अन्तिम रूप दिन र केही संघीय सेवाहरूको निलम्बन रोक्न सांसदहरूसँग दुई हप्ताभन्दा कम समय बाँकी छ।

प्रतिनिधि सभाका सभामुख र रिपब्लिकन नेता माइक जोन्सनले उक्त १.६ ट्रिलियन डलरमध्ये ८८६ अर्ब डलर रक्षा क्षेत्रमा र ७०४ अर्ब डलर गैर-रक्षा क्षेत्रमा खर्च गरिने बताए।

तर, तथ्याङ्कलाई लिएर केही अन्योल रहेको देखिन्छ ।

डेमोक्र्याट सांसद हकिम जेफ्रिज र चक शुमरको बयान अनुसार गैर-रक्षा खर्चका लागि ७७२ बिलियन डलरमा सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *