जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

डिसी नेपाल
२४ पुष २०८० ९:५५

काठमाडौं। जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ।

जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए।

उनी खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप फुटबल जित्ने ३ व्यक्तिमध्ये एक हुन्। उनको कप्तानीमा तत्कालीन पश्चिम जर्मनीले सन् १९७४ मा नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गरी विश्वकप जितेको थियो। उनी प्रशिक्षक रहँदा पश्चिम जर्मनीले १९९० मा अर्जेन्टिनालाई फाइनलमा पराजित गरेको थियो।

खेलाडी र प्रशिक्षकको रूपमा उपाधि जित्ने अर्का दुई मारियो जगालो र डिडियर डेसच्याम्पस हुन् । जगालोको ९२ वर्षको उमेरमा शुक्रबारमात्र निधन भएको थियो।

बेकनबाउर पछिल्ला समय मुटुको समस्याबाट पीडित थिए।

उनले जर्मन राष्ट्रिय टोलीबाट १०३ खेल खेलेका थिए । उनकै नेतृत्वमा जर्मनीले २००६ को विश्वकप भव्य रूपमा सफल आयोजना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *