माल्दिभ्सका राष्ट्रपतिको चीन भ्रमणले भारतमा रोइलो, कांग्रेस नेताले भने ‘यस्तो पहिलो पटक भयो’

डिसी नेपाल
२४ पुष २०८० १४:५१

काठमाडौं । भारतीय कांग्रेस नेता अधीर रञ्जन चौधरीले भारत र माल्दिभ्सबीच बिग्रँदै गएको सम्बन्धप्रति चिन्ता व्यक्त गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार अधीर रञ्जन चौधरीले सोमबार भने, ‘माल्दिभ्ससँग भारतको सम्बन्ध बिग्रँदै गइरहेको छ । आजसम्म माल्दिभ्सले सधैं चीनभन्दा भारतलाई प्राथमिकता दिएको छ, तर अहिले चीनलाई प्राथमिकता दिइरहेको छ र यो हाम्रो लागि चिन्ताको विषय हो।’

उनले भने, ‘माल्दिभ्ससँगको हाम्रो दशकौं पुरानो सम्बन्धमा दरार आउन थालेको छ । आजभन्दा पहिले माल्दिभ्समा नयाँ राष्ट्रपति निर्वाचित हुँदा उनको पहिलो विदेश भ्रमण भारतबाट हुने थियो, माल्दिभ्सका राष्ट्रपतिले भारतको सट्टा चीनको भ्रमण गरेको यो पहिलो पटक हो । र अर्कोतर्फ, चीनले माल्दिभ्समा पनि बिस्तारै आफ्नो पाइला स्थापित गर्दैछ।”

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने चीन भ्रमणमा गएका छन् । ‘इन्डिया आउट’ नाराका साथ राष्ट्रपति चुनाव जितेका मुइज्जुले आफ्नो पहिलो विदेश यात्राको लागि टर्की रोजे र त्यसपछि चीन गए । उनीभन्दा पहिले माल्दिभ्सको राष्ट्रपति पद सम्हालेपछि पहिलो भ्रमण भारत हुने परम्परा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *