जर्मनीमा किसानहरू ट्रयाक्टर लिएर सडकमा उत्रिए

डिसी नेपाल
२४ पुष २०८० १६:२६

काठमाडौं । जर्मनीमा विगत एक सातादेखि किसानहरूले विरोध प्रदर्शन गरिरहेका छन् । किसानहरूले राजधानी बर्लिनदेखि ह्याम्बर्ग र कोलोन जस्ता प्रमुख सहरहरूमा जाने बाटोहरू अवरुद्ध गरेका छन्।

किसानहरु ठूलो संख्यामा ट्रयाक्टर लिएर सडकमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम र र्‍याली यो साताभर जारी रहने किसान संगठनको भनाइ छ ।

जर्मनीको ‘फ्री फार्मर्स युनियन’का प्रवक्ताले इन्धनमा दिइने अनुदान कटौती आन्दोलनको एकमात्र कारण नभएको बताएकी छन्। उनका अनुसार किसानको हितमा हुने कृषि नीति चाहिन्छ ।

किसानको हड्तालका कारण जर्मनीका अधिकांश सहरको यातायात प्रभावित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *