बलिउडका दिग्गज पाश्र्व गायक सुरेश वाडकरको स्वरमा विजय शिवाकोटीको ‘तिमी त गयौ…’

डिसी नेपाल
२५ पुष २०८० १०:३८

काडमाडौं । बलिउडका दिग्गज पाश्र्व गायक सुरेश वाडकरको स्वरमा ‘तिमी त गयौ…’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतका शब्द चर्चित गीतकार विजय शिवाकोटीले सिर्जना गरेका हुन् ।

सान्तना रेकर्डस्को ब्यानरमा सार्वजनिक गरिएको गीतमा गायकको स्वर मुम्बइमै निरज सिंहले रेकर्ड गरेका हुन् । संगीतको रेकर्डिङ नेपालमा राजेश श्रेष्ठले गरेका हुन् । गीतमा संगीतकार राजु सिंहले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा मेक्सम गौडेल, सन्जु चौलागाई र सुरज खड्का फिचर्ड छन् । म्युजिक भिडियोको निर्देशन अमृत सुनुवारले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *