पाकिस्तान क्रिकेट बोर्डले मिकी आर्थर सहित ३ कोचलाई बर्खास्त गर्‍यो

डिसी नेपाल
२५ पुष २०८० १२:४४

काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेपछि पीसीबीले पाकिस्तानी टोलीको प्रशिक्षक मिकी आर्थरलाई स्थायी रूपमा हटाउने निर्णय गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले विदेशी कोच मिकी आर्थर, ग्रान्ट ब्राडबर्न र एन्ड्रयू प्याटिकसँगको सम्बन्ध तोडेको छ।

पीटीआईले पीसीबीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बोर्डका अध्यक्ष जाका अशरफ र मुख्य अपरेटिङ अफिसर सलमान नासिरले तीन प्रशिक्षकसँग अन्तिम सम्झौताबारे छलफल गर्ने बताए।

यी तीनलाई गत वर्ष अप्रिल-मेमा पीसीबीको क्रिकेट व्यवस्थापन समितिका तत्काल अध्यक्ष नजम सेठीले नियुक्त गरेका थिए।

विश्वकपमा खराब प्रदर्शन गरेपछि तीनै जना लाहोर फर्किएका थिए र त्यसपछि राष्ट्रिय टोलीलाई उनीहरुको आवश्यकता नरहेको बताए ।

यसपछि मोहम्मद हफिज पाकिस्तानी टोलीको निर्देशक चुनिए ।

नयाँ टोली निर्देशक र प्रशिक्षकको नियुक्तिपछि पनि पाकिस्तानी टोलीको प्रदर्शनमा खासै सुधार आउन सकेको छैन र अस्ट्रेलियासँगको टेष्ट शृङ्खलामा ३–० ले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *