अमेरिकी विदेशमन्त्री तेल अवीव पुगे, इजरायलले ४० आतङ्ककारी मारेको दाबी

डिसी नेपाल
२५ पुष २०८० १३:०४

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको इजरायल भ्रमणका बीच इजरायल र हमासबीचको युद्ध चर्किएको छ । इजरायली सुरक्षा बलहरूले दक्षिणी गाजाको खान युनिसमा ‘४० आतङ्ककारी’ मारेको दाबी गरेका छन्।

रिपोर्टका अनुसार पछिल्लो २४ घण्टामा अल अक्सा अस्पतालमा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले इजरायलले मध्य र दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ । यसमा माघाजी र अल-बुराईज शिविरहरू पनि समावेश छन्।

समाचार एजेन्सीले जबलिया र बैत हनुनमा पनि दर्जनौं मानिस मारिएको जानकारी दिएको छ ।

इजरायलले आफ्नो निशाना आतंकवादी र उनीहरुको लुकेको स्थान रहेको भन्दै कम संख्यामा सर्वसाधारणको मृत्यु होस् भन्ने सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको बताएको छ ।

इजरायलले मध्य गाजामा आफ्नो सैन्य कारबाही रोकेको छ ताकि त्यहाँबाट मानवीय सहायता पठाउन सकियोस्।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तेल अभिभ पुगेर इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटेका छन् ।

हर्जोगसँगको भेटमा उनले टर्की, ग्रीस, कतार, युएई, जोर्डन र साउदी अरबलगायत यस क्षेत्रका धेरै देशको भ्रमण गरेको बताए ।

ब्लिन्केनले ती देशका नेताहरूबाट आफूले सुनेका कुरा इजरायली राष्ट्रपतिसँग साझा गर्ने बताए।

ब्लिन्केनले गाजामा बन्धक बनाइएका इजरायलीका परिवारलाई पनि भेट्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *