किम जोङ उन ४० वर्ष पुगे, तर उनको वास्तविक उमेरबारे अझै शंका
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर जारी शंकाका बीच उनको उमेर ४० वर्ष भएको अनुमान गरिएको छ ।
यस गोप्य राष्ट्रका नेताको वास्तविक जन्मदिन आजसम्म थाहा छैन। यसबारे उत्तर कोरियाका विश्लेषकहरूले विभिन्न अनुमान गरेका छन् ।
विश्लेषकको भनाइ सहि हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ । सोही दिन अधिकारीहरूले केही तस्बिरहरू जारी गरेका थिए जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा गएका थिए।
अघिल्ला शासकहरूको तुलनामा, उनको जन्मदिन धेरै गोप्य रहन्छ।
उनीभन्दा पहिले, उनका बुबा किम जोङ इल र उनका हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनीहरूको जन्मदिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइयो। आज पनि उनीहरूको जन्मदिनमा बिदा छ ।
किम जोङ उनको जन्म मिति ८ जनवरी हो कि होइन यो अझै रहस्य नै छ । तर यो उनको जन्मदिन हो भन्ने कुरा जनवरी २०२० मा संकेत गरिएको थियो जब उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिए।
छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले हजारौंको भीडमा किम जोङ उनलाई जन्मदिनको शुभकामना गाएका थिए ।
Facebook Comment