तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, १० जना घाइते

डिसी नेपाल
२५ पुष २०८० १४:०६

तनहुँ। पोखराबाट रामपुर पाल्पा गइरहेको जिप तनहुँमा दुर्घटनामा परेको छ। बुधबार बिहान साढे ९ बजे ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली गाउँपालिका-२ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दरै रहेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

जिप तनहुँ भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित भित्री सडकखण्डमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको खाणले बताए। तत्काल उद्धार गरी घाइतेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा पठाइएकोमा विक र दरैको मृत्यु भएको खाणले बताए।

दुर्घटनामा अन्य १० जना घाइते छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, चारजनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको खाणले जानकारी दिए। घाइतेमध्ये चार जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र अन्य ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

जिपी कोइराला राण्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा नवलपुर वौदिकाली गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४० को हरी ओझा, पाल्पा निस्ति गाउँपालिका वडा नं. १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, पाल्पाकै रामपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३१ को लक्ष्मण पंगेनी र स्याङजा चापाकोट नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४६ को दिनानाथ कँडेलको उपचार भइरहेको छ।

यसैगरी गण्डकी अस्पतालमा स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की रेनु थापा, स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ६ की रनीसा थापा, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका वडा नं. २ बस्ने बर्ष २७ की पुजा सारु, तनहुँ भिमाद नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६२ को दण्डपाणी रिजाल र तनहुँ घिरिङ गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ५० को तिखे थापाको उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *