गठबन्धनको उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गर्ने एकीकृत समाजवादीको निर्णय

डिसी नेपाल
२५ पुष २०८० १८:४२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रीत हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसँग सुझाव लिने निर्णय गरेको उनले बताए । सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *