सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन्।
सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल ५३२ जना मध्ये १८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया
Facebook Comment