एकीकृत समाजवादीले कार्यकर्ताबाट सुझाव लिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ ।
आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताए ।
Facebook Comment