देशद्रोहको मुद्दामा परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय सर्वोच्च अदालतले कायम राख्यो

डिसी नेपाल
२६ पुष २०८० ११:४६

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति स्वर्गीय परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा सुनाइएको मृत्युदण्डको सजायलाई कायम राखेको छ । तर, गत वर्ष फेब्रुअरी ५ मा उनको निधन भएको थियो ।

२०१९ मा नवाज शरीफको पार्टीको कार्यकालमा, इस्लामाबादको विशेष अदालतले उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो।

सन् २००७ मा संविधानको उल्लङ्घन गरी संकटकाल घोषणा गरेकोमा मुशर्रफमाथि देशद्रोहको आरोप लागेको थियो । मुसर्रफले देशमा संकटकाल घोषणा गरि संविधान निलम्बन गरेका थिए ।

लामो समयदेखि बिरामी परेका ७९ वर्षीय मुशर्रफको दुबईको एक अस्पतालमा निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *