अदालतले निर्वाचन आयोगको निर्णय उल्ट्यायो, इमरान खानको पार्टीको ‘ब्याट’ चुनाब चिन्ह बहाल
काठमाडौं । पाकिस्तानको पेशावर उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’को चुनावी चिन्हसँग सम्बन्धित मुद्दामा आफ्नो फैसला सुनाउँदै पार्टीको चुनावी चिन्ह ‘ब्याट’ बहाल गरेको छ ।
बुधवार, न्यायमूर्ति इजाज अन्वर र न्यायमूर्ति अरशद अलीको बेन्चले पीटीआईको आन्तरिक चुनाव रद्द गर्ने र पार्टीको चिन्ह ‘ब्याट’ जफत गर्ने निर्णयको बिरूद्ध पेशावर उच्च अदालतमा दायर गरेको अपीलको सुनवाई गर्यो।
उच्च अदालतले आफ्नो संक्षिप्त निर्णयमा डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको बताएको छ ।
फैसलामा, अदालतले पीटीआईको आन्तरिक चुनावको प्रमाणपत्र वेबसाइटमा जारी गर्न र इमरान खानको पार्टी ब्याट चिन्हको हकदार भएको भनेको छ।
डिसेम्बर २२ मा, निर्वाचन आयोगले पीटीआईको संगठनात्मक चुनाव अवैध घोषित गरेको थियो र यो निर्णयसँगै पीटीआईले आफ्नो चुनावी चिन्ह ब्याट गुमाएको थियो।
पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खानलाई एनए–८९ मियाँवाली सिटबाट चुनाव लड्न अनुमति दिइएको छैन ।
गत हप्ता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको विरुद्ध दायर गरिएको अपीलको फैसला सुरक्षित राखिएको थियो ।
निर्वाचन न्यायाधिकरणले एनए-८९ मियाँवालीबाट उम्मेदवारी दर्ता अस्वीकार गरेको विरुद्ध इमरान खानको अपील खारेज गरेको छ।
Facebook Comment