खेलकुद मन्त्री लिम्बुलाई पत्नी वियोग
विराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।
लामो समय देखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित निवासमा निनिधन भएको हो।
पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ। लिम्बुको १ छोरी र १ छोरा रहेका छन् ।
केही महिना अघि मन्त्री लिम्बुकी आमाको समेत निधन भएको थियो ।
प्रतिक्रिया
Facebook Comment