ध्यान र परमात्माको मिलन
शून्य वा ध्यानको संसारमा रमाउने ध्यानीहरु शून्यताका पूजारी नै हुन्छन्। जब रातले दिनलाई ढाकी अन्धकारको सृजना हुन्छ, तब ध्यानीहरु शून्यतामा जुरुक्क उठ्दछन् र ध्यान गर्न थाल्दछन्।
किनकि शून्यताको संसारमा नया नया कल्पना र सृष्टि हुन्छन् र नयाँ नयाँ बिचार प्रष्फुटित हुन्छन् अनि विचारहरुको खुला आकाशमा यदाकदा परमेश्वरको दर्शन पनि हुन्छ। त्यसैले त ध्यानीहरु ध्यान गर्न रूचाउँदछन्।
ध्यान एक सत्ता हो जहाँ आफ्नो शासन चल्दछ। जुन लोकमा आफ्नो सत्ता र शासन चल्दछ, त्यहाँ हामी आफूलाई सम्राट सरह पाउँछौं। तसर्थ शून्य वा अँध्यारो एक महत्वपूर्ण समय हो जहाँ प्रकृतिले हरेक ध्यानीहरुलाई सत्ताराजको अवसर प्रदान गर्दछ।
त्यस समय ध्यानको धारालाई शरीरमा प्रविष्ट गराई शरीरलाई पूर्णत बिश्राम दिई आफूलाई अन्तरिक्षमा उडाइ आफ्नो शरीरलाई अशरीर बनाइ सारा संसारभर सृस्टिमा लागेको अनुभूति हुनुलाई ध्यान भनिन्छ। सारा मानवको सृजना सृष्टिको लहर पनि त आखिर यही समयमा हुने हो।
ध्यान एक प्रथम खुटकिलोमा आफ्नो आत्माको मुख हेर्ने ऐना हो, जसबाट प्रत्येक मानिसले आफ्नो वास्तविकता थाहा पाउँदछन् र जीवनको रहस्य बुझ्दछन्। ध्यानमा अनेक कुराहरुको सृष्टि हुन्छ।
किनकि त्यहाँ मौनताको आकाशले संसारलाई चुमिरहेको हुन्छ, जुन शक्तिको मुहान हो। अर्को मौनतामा ध्यानको लहरले आफ्नो नयाँ सत्ता जन्माउँदछ, जसबाट सत्ता लोकको मार्ग प्रशस्त हुँदै जान्छ।
शरीर र आत्माको दूरी धेरै टाढा छैन। बत्ति र बत्तिमुनि को अध्याँरोको सेरोफेरो वा दियो र दियो मुनिको अध्यारोको क्षेत्र जति नै हो। यस्तो नजिकको दूरीमा हुँदापनि यो शरीरले आत्माको आभाष पाउन बाहिरी संसारबाट जीवन भर पनि सकिन्न। शरीरबाट हुने रोग, ब्याध, रुनु, कराउनु, हाँसखेल जस्ता कुराहरु एकदिनको आनन्द सब क्षणभरमात्र हो।
साधारण मानिस वा ध्यानी पुरुष होस् सबै केही न केही खोजमै लागेका हुन्छन्। आफूसँग भएको बस्तुहरुको खोज होइन कि नभएको चिजप्रतिको खोज हुने हो। आफूसँग नभएको चिजप्रतिको खोजलाई नै वास्तवमा ‘खोज’ भनिन्छ। यो सिर्फ ध्यान, एकान्त र शून्यतामा मात्र सम्भव हुन्छ।
बाहिरी संसारको रुवाहट, कोलाहल, भिड र भागदौडबाट हामीले पाउने हर चिज क्षणभंगुर नै हो, जुन एक न एक दिन नष्ट हुन्छ र अन्त्य हुन्छ वा बस्तुको स्वरूप परिबर्तन हुन्छ। तर ध्यान र एकान्तबाट अन्तर चेतनाको खोज र प्राप्ति हुने कुनैपनि चिज स्मरणीय हुन्छ।
जसको अनुभव र अद्वितीय हुन्छ। यसलाई मानिसले बाहिरी चिन्तनबाट र नजरबाट देख्न र बुझ्न असम्भब छ। ध्यानको माध्यमबाट अन्तरयात्रा गरेपछि मात्र अन्तरिक्षमा पुगिन्छ र आत्मासँग मिलन हुन्छ। यही आत्मासँगको मिलन नै परमात्मासँगको भेटको झण्डै अनुभूति गर्न सकिन्छ।
वास्तवमा भन्ने हो भने यो शरीर र आत्माको दूरी धेरै टाढा छैन। बत्ति र बत्तिमुनि को अध्याँरोको सेरोफेरो वा दियो र दियो मुनिको अध्यारोको क्षेत्र जति नै हो। यस्तो नजिकको दूरीमा हुँदापनि यो शरीरले आत्माको आभाष पाउन बाहिरी संसारबाट जीवन भर पनि सकिन्न। शरीरबाट हुने रोग, ब्याध, रुनु, कराउनु, हाँसखेल जस्ता कुराहरु एकदिनको आनन्द सब क्षणभरमात्र हो।
यो बिषय बिशेष भोगहरुमा नै भुलेर हामी एकदिन समाप्त हुन्छौं। यत्ति हुँदा पनि यसरी चित्तसित टाँसिएर रहेको आत्माले यसको महसुश गर्दैन। न सुख, न दुःख, न पीर न ताप। आत्मा यी सब कुराहरुको मोह जालमा नफसी सधैं चित्ताकासमा आनन्दमय र अभय भइ बसेको हुन्छ।
यसले आनन्दको अनुभव केवल ध्यानबाट मात्र प्राप्त हुन्छ। ध्यानबाट बुद्धतत्व ज्ञान प्राप्त गर्न शरीर भित्रका काम, क्रोध, लोभ, मोह र मात्सर्यलाई बिल्कुलै जितेर शरीर भित्रको अन्तर चेतन संसारको उज्यालोमा जबसम्म पुग्दैनौं, तबसम्म त्यो अमर ज्योति र ज्ञान खुल्न सक्तैन।
तसर्थ चित्ताकाश निर्मल स्फटिक भै ज्ञानको ज्योतिको पखेटा फिँजाउने हो भने गणितलाई तलबाट माथि हैन माथिबाट तल गणना गर्दै झर्दै एक अंक पछि शून्यमा झर्ने हो जहाँ सबै कुरा एक चोटी प्रवेश भैसके पछि फेरि कहिल्यै पनि फर्केर आउँदैन।
परमात्माको मिलन पनि यही हो। त्यसै कारणले त महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवनको अन्तमा दोहोर्याई दोहोर्याई भन्छन् नि “म शून्यमा शून्य सरि बिलाएँ।
Facebook Comment