नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस राप्ती नदीमा खस्यो

डिसी नेपाल
२७ पुष २०८० २३:१२

काठमाडौं । नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको छ ।

भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । ३० जना भन्दा बढी यात्रु सवार बस नदीमा खसेको हो ।

घटनास्थलमा स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले उद्धार कार्य जारी राखेका छन् भने घाइतेहरुलाई अस्ताल लगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *