अन्तरिक्ष एजेन्सी स्थापनाको ६ वर्षमै टर्कीले अन्तरिक्षमा मानिस पठाउने

डिसी नेपाल
२८ पुष २०८० १६:२२

काठमाडौं । टर्कीले चाँडै ठूलो उपलब्धि हासिल गर्न गइरहेको छ। टर्कीले अर्को हप्ता पहिलो पटक आफ्नो एक नागरिकलाई अन्तरिक्षमा पठाउने भएको छ । देशको यो उपलब्धिमा राष्ट्रपति रेसेप तैयप एर्दोगानले भनेका छन्, ‘टर्कीलाई गर्व छ।’

एर्दोगानले सामाजिक सञ्जाल साइटमा लेखेका छन्, ‘हामी पहिलो पटक वैज्ञानिक मिशनमा नागरिकलाई अन्तरिक्षमा पठाउने हाम्रो लक्ष्यको धेरै नजिक छौं। टर्कीमाथि गर्व गर्नुहोस्।
एर्दोगानले ट्वीटरमा एउटा भिडियो पनि साझा गरेका छन् जसमा टर्कीका भावी अन्तरिक्ष यात्री कर्नल अल्पर गेजरवासी देखिएका छन्। गेजरवासी अर्को हप्ता अन्तरिक्ष अभियानका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) प्रस्थान गर्ने कार्यक्रम छ।

भिडियोमा कर्नेल गेजरवासी जेनेप नामकी सानी केटीसँग कुरा गरिरहेको देखाइएको छ । उक्त भिडियोमा सानी केटी अन्तरिक्ष यात्रीको पदका लागि आवेदन दिन टर्कीको अन्तरिक्ष एजेन्सीमा गएको देखाइएको छ । त्यहाँ उनले गेजरवासीसँग भिडियो कन्फ्रेन्समार्फत कुराकानी गरेकी छिन् ।

गेजेरवासीले आफू २२ वर्षदेखि विमान उडाउँदै आएको जेट पाइलट भएको बताए । उनले अन्तरिक्ष यात्राअघि सयभन्दा बढी परीक्षण दिएको र अहिलेसम्म सबै ठीकठाक भइरहेको बताए । गेजेरवासीले विगत दुई वर्षदेखि आफ्नो अन्तरिक्ष यात्राको तयारी गरिरहेको र अवश्य सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

गेजरवासी एक्सियोम मिशन ३ को चालक दल सदस्यको रूपमा अन्तरिक्ष स्टेशन जाँदै छन् । उनी आफ्नो देशका लागि निकै महत्वपूर्ण हुने मिसनका लागि जनवरी १८ मा अमेरिकाको फ्लोरिडाबाट उड्दैछन् । गेजरवासी १४ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बस्नेछन्। यस अवधिमा उनले विश्वका सबै ठूला अन्तरिक्ष एजेन्सीहरूसँग मिलेर वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

गेजरवासी टर्की वायुसेनामा एफ-१६ विमानका पाइलट हुन्। उनको छनोट गत वर्ष टर्किको टेक्नोलोजी कार्यक्रम टेक्नोफेस्टमा भएको थियो। टर्की अन्तरिक्षको क्षेत्रमा नयाँ खेलाडी हो र धेरै छिटो प्रगति गरिरहेको छ। टर्की स्पेस एजेन्सी २०१८ मा स्थापित भएको थियो र अर्को वर्ष टर्कीले आफ्नो अन्तरिक्ष कार्यक्रम घोषणा गर्‍यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *