इजरायलको पक्षमा बोलेपछि विश्वकपको मुखमा दक्षिण अफ्रिकी यु-१९ कप्तान बर्खास्त
काठमाडौं । इजरायलको समर्थनमा बयान दिएको भन्दै दक्षिण अफ्रिकाले विश्वकप सुरु हुनुभन्दा एक साताअघि आफ्नो अन्डर-१९ क्रिकेट टोलीका कप्तान डेभिड टाइगरलाई हटाएको छ ।
डेभिड टाइगर यहूदी हुन् र उनले इजरायली सैनिकहरूको प्रशंसा गरेको बयान पछि लगातार आलोचनाको सामना गरिरहेका थिए।
दक्षिण अफ्रिकाले आयोजना गरेको यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता जनवरी १९ बाट सुरु हुँदैछ ।
क्रिकेट साउथ अफ्रिका (सीएसए) ले एक विज्ञप्ति जारी गर्दै विश्वकपको सुरक्षा र जोखिमको अपडेटमा प्रतियोगिता स्थलहरूमा गाजा युद्धका सम्बन्धमा प्रदर्शन हुन सक्ने आशंका गरिएको जनाएको छ ।
बयानका अनुसार, “हामीलाई यो पनि सल्लाह दिइएको छ कि प्रदर्शनकारीहरूले दक्षिण अफ्रिका अन्डर-१९ कप्तान डेभिड टेगरलाई निशाना बनाउन सक्छन् र प्रतिद्वन्द्वी प्रदर्शनकारी समूहहरू बीच हिंसाको सम्भावना छ।”
यी परिस्थितिहरूलाई उद्धृत गर्दै, सीएसएले डेभिडलाई यस प्रतियोगिताको कप्तानबाट हटाउने निर्णय गर्यो र भन्यो “यो दक्षिण अफ्रिका अन्डर-१९ र डेभिड आफैंको हितमा छ।”
नयाँ कप्तानको घोषणा छिट्टै गरिने सीएसएले जनाएको छ ।
Facebook Comment