यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा स्मृतिसभा

डिसी नेपाल
१ माघ २०८० २२:४०

गण्डकी । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झानामा पोखरा महानगरपालिकाले आज स्मृतिसभा आयोजना गरेको छ ।

दिवङ्गत भएकाहरुको स्मृतिमा पोखरा महानगरपालिकाले दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण गरेको छ । स्तम्भको आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्तरूपमा अनावरण गरे ।

स्तम्भमा दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यसहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकको नाम लेखिएको छ । सो स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । स्मृतिसभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्यसहित जनप्रतिनिधिहरू र मृतकका आफन्तलगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *