इरानले इजरायलको ‘जासूस मुख्यालय’ मा आक्रमण गर्‍यो, रिभोलुसनरी गार्डले भन्यो – बदला लियौं

डिसी नेपाल
२ माघ २०८० १५:५९

काठमाडौं । इरानले इराकमा रहेको इजरायली जासूस मुख्यालयमा रिभोलुसनरी गार्डले आक्रमण गरेको जनाएको छ ।

इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा यो हमला गरिएको हो । यो हमला भएको ठाउँ भिआईपी क्षेत्र हो, अलि टाढा अमेरिकी वाणिज्य दूतावास छ।

समाचार एजेन्सी एपीका अनुसार कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषद्का अनुसार यस आक्रमणमा चार जनाको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।

रोयटर्सका अनुसार रिभोलुसनरी गार्ड्सले सिरियामा पनि इस्लामिक स्टेट विरुद्ध आक्रमण गरेको बताएको छ ।

हमास र इजरायलबीच जारी युद्ध क्षेत्रभर फैलिने खतरा रहेको बेला यी आक्रमणहरू भएका हुन्।

रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा भन्यो: “यहूदी शासनको हालैको अत्याचारको प्रतिक्रियामा जसमा यसले हाम्रा गार्डहरूलाई आक्रमण गर्‍यो र हाम्रा कमाण्डरहरूलाई मार्यो, इराकको कुर्दिश क्षेत्रमा अवस्थित मोसाद मुख्यालयलाई ब्यालेस्टिक मिसाइलले ध्वस्त पारेको छ।”

गत महिना इरानले दमास्कसमा इजरायली हमलामा एक शीर्ष इरानी जनरल सेयद राजी मौसावी मारिएको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *