साउदी अरेबियाले इजरायललाई मान्यता दिन सक्ने, इजरायलसँग राख्यो शर्त

डिसी नेपाल
३ माघ २०८० १२:२३

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाले स्थिति पूर्णरुपमा सामान्य भएपछि र प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने सहमति भएपछि मात्र इजरायललाई देशको रूपमा मान्यता दिने बताएका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको प्यानलमा बोल्दै राजकुमार फरहान बिन अब्दुल्लाले भने: “हामीले क्षेत्रीय शान्तिमा इजरायलको शान्ति पनि समावेश छ भनी स्वीकार गर्छौं, तर प्यालेस्टाइनीहरूको लागि शान्ति भएमा र अलग प्यालेस्टाइन राष्ट्र बनाइएमा मात्र यो सम्भव हुन सक्छ।”

जब उनलाई साउदी अरबले इजरायललाई मान्यता दिने हो कि भनेर सोधियो ? त्यसमा उसले भन्यो- “बिल्कुल” ।

प्रिन्स फैसलले भने, “हामी प्यालेस्टिनीहरूका लागि छुट्टै राज्य बनाएर क्षेत्रीय शान्ति हासिल गर्न अमेरिकी प्रशासनसँग काम गरिरहेका छौं र गाजाको सन्दर्भमा त्यसो गर्नु अझ सान्दर्भिक छ।”

संयुक्त अरब इमिरेट्स, बहराइन र मोरक्कोसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपछि साउदी अरेबियाबाट मान्यता पाउनु इजरायलका लागि ठूलो उपलब्धि हुनसक्छ र यसले मध्यपूर्वको राजनीतिलाई पूर्णरूपमा परिवर्तन गर्न सक्छ।

अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गर्नुअघि साउदी अरेबियाले इजरायलसँग वार्ता गर्न लागेको समाचार आएको थियो र यस पहलमा अमेरिकाको हात रहेको थियो । तर हमासको हमलापछि साउदी अरेबियाले इजरायलसँगको सम्भावित वार्तालाई स्थगित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *