मन्त्रीले अतिवादी संगठनसँग सम्बन्धको आरोप लगाएपछि फुटबलर करिम बेन्जेमा अदालत पुगे

डिसी नेपाल
३ माघ २०८० १३:२१

काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमाले फ्रान्सेली गृहमन्त्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । मन्त्रीले खेलाडीमाथि मुस्लिम ब्रदरहुड संगठनसँग सम्बन्ध रहेको आरोप लगाएका थिए ।

बेन्जेमाको सुन्नी मुस्लिम संगठन मुस्लिम ब्रदरहुडसँग “सम्बन्ध” रहेको अक्टोबरमा गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका थिए। बेन्जेमाका वकिलले मन्त्रीको यो भनाइले खेलाडीको प्रतिष्ठामा चोट पुगेको बताएका छन् ।

मुस्लिम ब्रदरहुड इजिप्ट, रुस र साउदी अरबमा प्रतिबन्धित छ। बेन्जेमाले गाजाको समर्थनमा ट्विट गरेपछि डार्मानिनले यो बयान दिएका हुन् । उनले लेखेका छन्- गाजाका जनता अन्यायपूर्ण बमबारीका सिकार भएका छन्, जसमा न महिला र बालबालिकालाई बचाइएको छ।

यसपछि गृहमन्त्रीले भनेका थिए, ‘मुस्लिम ब्रदरहुडसँग बेन्जेमाको पुरानो सम्बन्ध छ।’ सीटीभी सँग कुरा गर्दै उनले भने, “हामी मुस्लिम ब्रदरहुड भनिने हाइड्रासँग लडिरहेका छौं किनभने यसले जिहादको वातावरण सिर्जना गर्दछ।”

३६ वर्षीय बेन्जेमा मुस्लिम हुन् र साउदी अरेबियाको क्लबबाट खेल्छन्, यसअघि उनी स्पेनिस क्लब रियल मड्रिडका खेलाडी पनि भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *