बिहेकै दिन बेहुली पक्राउ
काठमाडौं । बिहेकै दिन एक बेहुली पक्राउ परेकी छन् । जसको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनको हातमा हतकडी देख्न सकिन्छ । बेहुलीले सेतो गाउन लगाएकी छिन्।
दुलहीको नाम नैन्सी लिजेथ हो । उनले भागेका अपराधी क्लेमेन्टे मेन्डियोला मार्टिनेजसँग विवाह गरिरहेकी थिइन्। जसलाई मानिसहरूले ‘एल रोटन’ र ‘एस माउस’ भनेर पनि चिन्छन्। उनीमाथि मेक्सिकोमा लागूऔषध कारोबारीका लागि हत्या गरेको आरोप छ।
मिरर युकेको रिपोर्टका अनुसार भाइरल तस्विरमा दुलही लिजेथसँग उभिएका व्यक्तिहरू पनि शंकास्पद छन् । यी मानिसहरू विवाहमा पाहुना थिए। यससँगै हतियारसहित प्रहरी पनि देख्न सकिन्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले यहाँ छापा मार्दा दुलाहा मार्टिनेज भाग्न सफल भएका थिए। जबकि उनकी दुलही पक्राउ परिन्।
मार्टिनेजलाई ठूलो कार्टेल सदस्य मानिन्छ। उनी स्थानीय कुखुरापालन व्यवसायीबाट फिरौती असुल्ने र हत्या मुद्दामा वान्टेड रहेको बताइएको छ । रिपोर्टका अनुसार प्रहरी र अभियोजकहरूले उनकी दुलहीलाई पनि उनकी सहयोगी मान्दछन् र उनीमाथि पनि जबरजस्ती फिरौती असुलेको आरोप लगाइनेछ।
“हत्या र फिरौती जस्ता आपराधिक गतिविधिमा संलग्न भएको कारण मार्टिनेज पहिलो निशानामा थिए,” अभियोजकको कार्यालयले एक विज्ञप्तिमा भन्यो। उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
क्लेमेन्टेसँग विवाह गर्ने दिन लिजेथलाई संयुक्त अपरेशनमा पक्राउ गरिएको थियो। मेक्सिको प्रहरीले मार्टिनेजलाई पक्राउ गराउन उनको जानकारी दिनेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
Facebook Comment