बेलायतका राजा चार्ल्स तृतीयको अर्को हप्ता प्रोस्टेटको शल्यक्रिया गरिने

डिसी नेपाल
४ माघ २०८० १४:२१

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको शल्यक्रियाका लागि अर्को हप्ता अस्पतालमा भर्ना गरिने भएको छ ।

बकिङ्घम प्यालेसका अनुसार राजा चार्ल्स तृतीयको प्रोस्टेट सामान्य छ (क्यान्सर होइन) तर ‘सुधारात्मक प्रक्रिया’बाट गुज्रनेछ।

यसका कारण ७५ वर्षीय राजाका सबै कार्यक्रम केही समयका लागि स्थगित गरिएको दरबारले जनाएको छ ।

यसअघि राजा चार्ल्स तेस्रोका जेठा छोरा प्रिन्स विलियमकी पत्नी वेल्सको राजकुमारीको पेटको शल्यक्रिया गरिएको थियो ।

उनी दुई साता अस्पतालमै रहनेछन् । प्रिन्सेस अफ वेल्सको बारेमा पनि उनलाई क्यान्सरको समस्या छैन भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *