थाइल्याण्डको पटाखा कारखानामा शक्तिशाली विस्फोट, २३ जनाको मृत्यु

डिसी नेपाल
४ माघ २०८० १६:३८

काठमाडौं । थाइल्याण्डको एउटा पटाखा कारखानामा भएको भीषण विष्फोटमा परी २३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले कारखानामा कसैलाई जीवित नभेटिएको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको बुरी प्रान्तमा विस्फोट भएको हो । अहिले घटनास्थलमा प्रहरी र प्रशासनको टोलीले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको छ ।

स्काई न्यूजको रिपोर्टका अनुसार विस्फोटपछि कालो धुवाँको मुस्लो धेरै टाढासम्म देखिएको थियो । वास्तवमा चिनियाँ नयाँ वर्ष फेब्रुअरी महिनामा पर्दछ र थाइल्याण्डमा यो नयाँ वर्ष ठूलो धूमधामका साथ मनाइन्छ। यस अवधिमा थाई जनताले आतिशबाजी गर्छन् । त्यसैले, यस समयमा थाइल्याण्डमा आतिशबाजीको माग धेरै छ।

थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाविसिन विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन अहिले स्विजरल्याण्डमा छन् । क्षेत्रीय प्रहरी प्रमुखले उनलाई फोनमा विष्फोटबारे जानकारी दिएका थिए । विष्फोटको समयमा कारखानामा २० देखि ३० जना कर्मचारी रहेको र उद्धारका क्रममा अहिलेसम्म एक जना पनि कर्मचारी जीवित नभेटिएको कमाण्डरले प्रधानमन्त्रीलाई बताए ।

जानकारीका अनुसार करिब एक वर्षअघि दक्षिणी थाइल्याण्डको एउटा पटाका गोदाममा ठूलो विस्फोट भएको थियो । यस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । विष्फोट भएको ठाउँ वरिपरि आवासीय क्षेत्र भएकाले विष्फोटपछि धेरै क्षति भएको थियो । विष्फोटका कारण ५०० मिटरको दायरा भित्रका करिब एक सय घरमा नराम्ररी क्षति पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *